close

क्यानडा लैजाने भन्दै अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा झापाका एक युवक पक्राउ

टेकपाना टेकपाना

साउन १४, २०८१ १५:१

क्यानडा लैजाने भन्दै अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा झापाका एक युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । अनलाइन मार्फत पीडितको रकम ठगी गरेको अभियोगमा झापा, बिर्तामोड नगरपालिका-९ घर भई ललितपुर चाङाथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्‍वरबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार भण्डारीले पीडितहरूलाई क्यानडा लैजान्छु भन्दै प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन १४, २०८१ १५:१