close

कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीलाई लक्षित गर्दै भोलि करियर कन्क्लेभ हुँदै

टेकपाना टेकपाना

साउन १८, २०८१ ९:२०

कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीलाई लक्षित गर्दै भोलि करियर कन्क्लेभ हुँदै

काठमाडौं । माध्यमिक तहको (+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न भोलि शनिबार ​​‘टेकस्पायर करियर कन्क्लेभ २०२४ इन एसोसिएसन विथ पीसीपीएस’ हुने भएको छ ।

टेकस्पायर कलेजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कन्क्लेभले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा फस्टाउन र विकसित व्यावसायिक परिदृश्यमा अनुकूलन गर्न सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले बताए । सम्मेलनमा विद्यार्थीहरूलाई नेपालको सूचना प्रविधि क्षेत्र र व्यवस्थापन क्षेत्रका अग्रणी व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअन्तर्गत डिजिटल वालेट ईसेवाका सह-संस्थापक तथा यति एयरलाइन्सका सीईओ सुवास सापकोटा, आइडियाप्रेन्योर नेपालका संस्थापक सन्जोग कोइराला, कोड हिमालयका सह-संस्थापक ईस्मरण दवाडी र ह्याप्पी माइण्डसकी संस्थापक श्रेया गिरीले ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा प्यानलमा बहस गर्नेछन् । प्यानलको मोडरेसन माइन्डसेट क्युबका संस्थापक राजन कोइरालाले गर्नेछन् ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरूलाई सम्बोधन गर्नेछन् भने नितेशजंग कुँवर र समृद्धि राईको साङ्गीतिक प्रस्तुति हुनेछ ।

यस्तै हास्य कलाकार सुमन कार्कीले पनि प्रस्तुति दिनेछन् भने अन्य थुप्रै साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सम्मेलनको सहआयोजकमा कोड फर चेन्ज नेपाल रहेको छ ।

 

 

पछिल्लो अध्यावधिक: साउन १८, २०८१ ९:२०