close

प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको डिपफेक भिडिओ बनाउने २२ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

भदौ २, २०८१ २१:११

प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको डिपफेक भिडिओ बनाउने २२ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्रीदेखि मन्त्री, सांसद लगायत अन्य विशिष्ट व्यक्तिको डिपफेक भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावत रहेका छन् ।

साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले शुक्रबार आरोपित रावतलाई जिल्ला प्रहरी कार्यालयको सहयोगमा सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।

ब्युरो प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आरोपित रावतले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी चर्चित व्यक्तिहरूको भिडिओ तयार पारी सामाजिक सञ्जाल तथा अन्य प्लेटफर्ममा प्रसारण गरेका थिए ।

यसरी व्यक्तिको सामाजिक, पारिवारिक तथा राजनीतिक चरित्रहत्या गरेको आरोपमा प्रहरीले रावतलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८१ २१:११