close

नेपाली बजारमा डोङफेङको नामी ईभी सार्वजनिक, मूल्य ३० लाख रुपैयाँदेखि सुरु

टेकपाना टेकपाना

भदौ ७, २०८१ ११:५५

नेपाली बजारमा डोङफेङको नामी ईभी सार्वजनिक, मूल्य ३० लाख रुपैयाँदेखि सुरु

काठमाडौं । चिनियाँ सवारी निर्माता कम्पनी डोङफेङको ‘नामी’ ईभी नेपाली बजारमा सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै डोङफेङका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ‘नामी’ सार्वजनिक गरेको हो ।

नेपालमा नामीका तीन भेरियन्ट ई वन, ई टू र ई थ्री सार्वजनिक भएको छ । जसमा ई वन बेस, ई टू मिडियम र ई थ्री टप भेरियन्टको रूपमा रहेका छन् ।

आकार यी तीन ओटै मोडलको एउटै छ । यसअन्तर्गत २६६० एमएम ह्विलबेस, ४०३० एमएम लम्बाइ, १८१० एमएम चौडाइ र १५७० एमएम उचाइ रहेको छ ।

पाँच ओटा ढोका रहेको गाडीमा पाँच औटै सिट राखिएको छ । यो गाडी १४० किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्न सक्ने कम्पनीको भनाइ छ ।

नामी ईभीको टप भेरियन्टले ४३० किलोमिटर र बाँकी दुई भेरियन्टले ३३० किलोमिटर सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । 

यसमा १६० न्युटन मिटर उच्चतम टर्क दिने ७० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर दिइएको छ । 

ब्याट्रीको कुरा गर्ने हो भने यसको टप भेरियन्टमा ४२.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । बाँकी दुई ओटा भेरियन्टमा ३१.४ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ ।

चेसिस स्ट्रेरिङका सन्दर्भमा यसमा अगाडिपट्टि म्याकफेर्सन इन्डिपेन्डेन्ट सस्पेन्स, पछाडिपट्टि टर्सन बिम नन इन्डिपेन्डेन्ट सस्पेन्सन र मल्टिफङ्सन स्टेरिङ ह्विल दिइएको छ । गाडीको अगाडि र पछाडिपट्टि दुवैमा डिस्क ब्रेक दिइएको छ भने यसमा ईपीबी इलेक्ट्रोनिक ह्यान्ड ब्रेक पनि पाउन सकिन्छ । 

गाडीको बेस भेरियन्टमा अटोहोल्डको सुविधा छैन । बाँकी दुई ओटा भेरियन्टमा भने यो फिचर पाउन सकिन्छ ।

सुरक्षाका सन्दर्भमा पनि गाडी अब्बल रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस गाडीका सबै भेरियन्टमा ड्राइभर र कोड्राइभर साइडमा एयरब्याग राखिएको छ ।

टप भेरियन्टमा डाइरेक्ट टायर प्रेसर मनिटरिङ सिस्टम छ भने बाँकी दुई भेरियन्टमा इनडाइरेक्ट टायर प्रेसर मनिटरिङको सिस्टम छ ।

नेपाल आएका नामीका सबै भेरियन्टमा एबीएस एन्टी लक ब्रेकिङ सिस्टम राखिएको छ । त्यस्तै गाडीमा ब्रेक फोर्स डिस्ट्रिब्युसन, अल स्टार्ट असिस्ट, ईएससी,। ब्रेक असिस्ट र ट्राक्सन कन्ट्रोलको सुविधा पनि छ । 

एक्टिभ ब्रेकिङ सिस्टम, फ्रन्ट कोलाइजन वार्निङ सिस्ट, लेन डिपार्चर वार्निङ सिस्टम, एलकेए, रोड ट्राफिक साइन रिकग्निसन, इन्टेलिजेन्स स्पिड कन्ट्रोल फिचर यस गाडीको टप भेरियन्टमा मात्र पाउन सकिन्छ । यसमा बुट स्पेस ३२६ लिटर जसलाई बढाएर ९४५ लिटरसम्म बनाउन सकिन्छ।

त्यसैगरी आईसीए अर्थात् 'इन्टेलिजेन्ट स्विचिङ बिट्विन ट्राफिक जाम असिस्टेन्स' सुविधा पनि ई थ्री भेरियन्टमा मात्र पाउन सकिन्छ । 

नामीको टप भेरियन्टमा अटोमेटिक एयर कन्डिसनको सुविधा छ भने बाँकी दुई भेरियन्टमा इलेक्ट्रिक एयर कन्डिसनको सुविधा दिइएको छ । अर्को आकर्षक विशेषता भनेको यी सबै भेरियन्टमा पोलेन फिल्टरेसनको सुविधा पाउन सकिन्छ । 

यस गाडीमा नर्मल ईको र स्पोर्ट गरी तीन ओटा ड्राइभर मोड पाउन सकिन्छ । नामी ई वनमा मात्र रिभर्स क्यामेरा दिइएको छ भने ३६० डिग्री पानोरोमा क्यामेरा बाँकी दुई भेरियन्टमा पाउन सकिन्छ । 

त्यस्तै बेस भेरियन्टमा क्रुज कन्ट्रोल र बाँकी दुई ओटा भेरियन्टमा एडप्टिभ क्रुज कन्ट्रोल तथा अटोमेटिक पार्किङको सिस्टम दिइएको छ । 

गाडीमा ड्राइभरको सिटतिर किलेस इन्ट्री सिस्टम रहेको छ । त्यस्तै बाँकी ढोकाहरू रिमोटबाटै खोल्न सकिन्छ । यसमा फ्रेमलेस डोर समावेश भएको कम्पनीले जनाएको छ ।

गाडीमा १२.८ इन्टको सेन्ट्रल स्क्रिन र ५ इन्डको फुल एलसीडी इन्ट्रुमेन्ट डिस्प्ले रहेको छ । फोन चार्ज गर्नका लागि सबै भेरियन्टमा वायरलेस चार्जको सुविधा दिइएको छ । 

तीन ओटा मोडलमा सार्वजनिक गाडीको फरक-फरक मूल्य निर्धारण गरिएको छ । नामी ई वनको २९ लाख ९९ हजार रुपैयाँ, नामी ई टूको ३१ लाख ९९ हजार रुपैयाँ र नामी ई थ्रीको ३४ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ७, २०८१ ११:५५