काठमाडौं । डिजिटल वालेट खल्तीले नाडा अटो शो २०२४ को अवसर पारी ‘कार सुरक्षा’ नामक नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ । यो प्याकेजको वार्षिक शुल्क ९९९ रुपैयाँमात्र रहेको छ । जसमा प्रयोगकर्ताले २० हजार रुपैयाँभन्दा बढीका कार सेवाहरूको साथै खल्तीका अन्य सुविधा पाउने कम्पनीले जनाएको छ ।
'कार सुरक्षा' प्याकेजमा निःशुल्क ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा, आपतकालीन रोड साइड सहायता र कागजात डेलिभरी सेवाहरू समावेश छन् ।
त्यस्तै प्रयोगकर्ताले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यी सेवाहरूमा कार मर्मत, डिटेलिङ, धुने, टायर सेवा र ड्राइभर तथा सवारीसाधन भाडामा लिने लगायतका सेवा समावेश छन् ।
खल्तीका प्रयोगकर्ताहरूले आफ्नो सवारीको इन्स्योरेन्स खल्तीमार्फत गर्दा ‘कार सुरक्षा’ प्याकेज निःशुल्क प्राप्त गर्नेछन् ।
खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिप्सन प्याकेज पनि उपलब्ध गराउँदै आएको छ, जसमा पाँच लाख ३० हजार रुपैयाँसम्मको बीमा र एक लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा छुट प्राप्त गर्न सकिन्छ ।