काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक अप्लायन्स (एसडीए) ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । 'दशैं दश अफर' नामक यो योजना अन्तर्गत सीजी ब्रान्डका होम अप्लायन्स खरिद गर्ने १० जना ग्राहकले १०/१० ग्रामका सुनका सिक्का जित्ने अवसर पाउने छन् ।
यो अफर सीजीका साना घरायसी सामग्रीमा मात्रै लागु हुने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकले सीजीको कुनै पनि साना किचन अप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण समावेश गर्नुपर्नेछ ।
सीजी हिटर, आइरन, मिक्स्चर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न सामानहरू यस योजनामा समेटिएका छन् । २३ भदौदेखि सुरु भएको यो अफर नेपालभर सीमित अवधिसम्मका लागि लागु हुने बताइएको छ ।
सीजीले सीजी मेरिडिया नामक प्रिमियम सिरिज पनि बजारमा ल्याएको छ । जसमा प्रिमियम सामानहरू मात्र पाउन सकिन्छ ।