काठमाडौं । एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गत साता भएको शिविरमा ३०० बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएको कम्पनीले जनाएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा भएको शिविरमा नागरिकहरूले मुटुरोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटुरोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श साथै ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेदेखि सुरु भएको शिविरमा परामर्शसँगै आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो ।
एनसेलले यसअघि कपिलवस्तुकै मायादेवी गाउँपालिका, वडा नं ३, फुलिका स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो भने अन्य तीन विकट क्षेत्रमा पनि शिविर आयोजना गर्ने कार्यक्रम छ ।