close

कल सेन्टरमा सीआईबीको छापा: क्रिप्टो कारोबार र अनलाइन जुवा खेल्ने २ चिनियाँसहित ५० पक्राउ

टेकपाना टेकपाना

भदौ २७, २०८१ १५:२७

कल सेन्टरमा सीआईबीको छापा: क्रिप्टो कारोबार र अनलाइन जुवा खेल्ने २ चिनियाँसहित ५० पक्राउ

काठमाडौं । अवैध कल सेन्टरमार्फत क्रिप्टो कारोबारदेखि अनलाइन जुवा खेलेको आरोपमा दुई चिनियाँ र एक फिलिपिन्स नागरिकसहित ५० जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरीको विशेष टोलीले बुधवार ललितपुरस्थित एकान्तकुनाको एक घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अवैध कल सेन्टर सञ्चालनमा आएको गोप्य सूचनापछि छापा मार्दा क्रिप्टो कारोबार तथा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए ।

बोगटीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८१ १५:३४