close

घर-अफिसका उपकरण मर्मतदेखि भिडिओ/फोटोग्राफीसम्म सेवा दिन ‘स्मार्ट दाइ’ले ल्यायो मोबाइल एप

टेकपाना टेकपाना

भदौ ३०, २०८१ २०:४१

घर-अफिसका उपकरण मर्मतदेखि भिडिओ/फोटोग्राफीसम्म सेवा दिन ‘स्मार्ट दाइ’ले ल्यायो मोबाइल एप

काठमाडौं । इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ, सेफ्टीट्याङ्की सफाइ लगायतका घरायसी तथा कर्पोरेट सेवा दिने स्टार्टअप ‘स्मार्ट दाइ’ ले मोबाइल एप ल्याएको छ । 

यस एपबाट इलेक्ट्रिसियन, नेटवर्किङ, कम्प्युटर, टेलिभिजन, वासिङ मसिन, फ्रिज, एसी लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मतको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी प्लम्बिङ, सेफ्टीट्याङ्की सफाइ, रुफ ट्याङ्क सफाइ, फोटोग्राफी, भिडिओग्राफी, कर्पोरेट क्लिनिङ लगायतका सेवाहरू पनि लिन सकिने छ । 

कम्पनीका अनुसार एपले सेवाग्राही र सेवा प्रदायकलाई एक-आपसमा जोड्ने सेतुको काम गर्नेछ ।

प्लेस्टोर तथा एपस्टोरबाट एप डाउनलोड गरी कम्पनीको सेवा लिन सकिने छ ।

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८१ १६:३३