close

जुनसुकै ब्रान्डका पुराना गाडी दिएर दीपल ईभी लिन सकिने, ३ लाख रुपैयाँ थप छुटसँगै उपहार पनि पाइने

टेकपाना टेकपाना

भदौ ३१, २०८१ १७:४९

जुनसुकै ब्रान्डका पुराना गाडी दिएर दीपल ईभी लिन सकिने, ३ लाख रुपैयाँ थप छुटसँगै उपहार पनि पाइने

काठमाडौं । नेपालका लागि चाङ्गन तथा दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबारदेखि ‘दीपल एक्स्चेन्ज कानिर्भल’ क्याम्पेन सुरु गरेको छ । काठमाडौं गैरीधारास्थित सिल्भरओकमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एक्स्चेन्ज कार्निभलको औपचारिक घोषणा गरेको हो । 

यो क्याम्पेन सोमबारदेखि आउँदो ३ असोजसम्म चल्नेछ । एक्स्चेन्ज कार्निभल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । यस क्याम्पेन अन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडीसँग दीपल एस ०७ ईभी साट्न सक्नेछन् । त्यस बाहेक ग्राहकले दीपल एस ०७ र एल ०७ टेस्ट ड्राइभ पनि गर्न सक्नेछन् ।

यस अवसरमा ग्राहकले प्रि-बजेट मूल्य ६४ लाख ९९ हजार रुपैयाँमा दीपलको प्रिमियम ईभी एस ०७ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । हाल यस गाडीको बजार मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

कार्निभल एक्स्चेन्जका लागि ग्राहकले नेपालकै शीर्ष ६ रिकन्डिसन हाउसबाट आफ्ना पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीको भनाई छ । कम्पनीका अनुसार एक्स्चेन्ज कार्निभलकै दौरान ग्राहकले अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र निःशुल्क एक्सेसरिज पाउनेछन् । 

जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर समेत निःशुल्क पाइने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट समेत पाउन सक्नेछन् । नेपाली बजारमा एमएडब्लू वृद्धिले दीपलका एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २२, २०८१ १५:४