काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आउँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै विशेष अफर सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले ‘दशैं तिहारको उमङ्ग, साओमीको बबाल अफरसँग’ अफर ल्याएको हो ।
यस अन्तर्गत ग्राहकहरूले साओमीका पछिल्ला मोडेलको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यो चाडपर्व विशेष अफर ३० भाद्र देखि ३० कार्तिकसम्म लागु हुनेछ ।
“साओमीका स्मार्टफोनले हाम्रा ग्राहकको यस पटकको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो,” साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “दशैं तिहारको उमङ्ग, साओमीको बबाल अफरसँग क्याम्पेन हामीले यसैका लागि ल्याएका हौं ।”
उनले साओमीका नयाँ प्रविधिमा सबैको पहुँच हुनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
अफरहरू:
रेड्मी नोट १३:
६/१२८ जीबी: पुरानो मूल्य रु. २४,९९९, अफर मूल्य रु. २३,४९९
८/२५६ जीबी: पुरानो मूल्य रु. २७,९९९, अफर मूल्य रु. २५,९९९
रेड्मी नोट १३ प्रो:
८/२५६ जीबी: पुरानो मूल्य रु. ३४,९९९, अफर मूल्य रु. ३२,९९९
१२/५१२ जीबी: पुरानो मूल्य रु. ३९,९९९, अफर मूल्य रु. ३५,९९९
रेड्मी नोट १३ प्रो प्लस फाइभ जी:
८/२५६ जीबी: पुरानो मूल्य रु. ४७,९९९, अफर मूल्य रु. ४४,९९९
१२/५१२ जीबी: पुरानो मूल्य रु. ५२,९९९, अफर मूल्य रु. ४९,९९९
रेड्मी नोट १३ मोडेल ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । यसमा १२० हर्जको एमोलेड डिस्प्ले, इन-डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर र १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ । त्यस्तै, रेड्मी नोट १३ प्रोमा इन-डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगापिक्सेल क्यामेरा र हेलियो जी ९९ अल्ट्रा प्रोसेसर उपलब्ध छ।
रेड्मी नोट १३ प्रो प्लस फाइभजीमा २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले र आईपी ६८ रेटिङ रहेको छ । यसमा १२० वाटको चार्जर पाउन सकिन्छ । यो फोन ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज र १२ र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
यो चाडपर्व विशेष अफर साओमीका नेपालभरका रिटेल आउटलेट र सबै आधिकारिक एमआई स्टोरहरूमा उपलब्ध छ ।