काठमाडौं । साओमीले ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ अभियान ल्याएको छ । यस अन्तर्गत साओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्ने ग्राहकमध्ये हरेक दिन एक जनाले थाइल्यान्ड ट्रिपको अवसर पाउने कम्पनीले जनाएको छ ।
असोज २४ सम्म चल्ने यस क्याम्पेनमा हरेक दिन पाँच जनाले 'रेड्मी बड्स फाइभ ए' जित्नेछन् भने चार जनाले 'रेड्मी वाच ५ एक्टिभ' पाउनेछन् । तर, मुख्य आकर्षण भने हरेक दिन एक जना भाग्यशाली ग्राहकलाई थाइल्यान्ड ट्रिपको अवसर रहेको कम्पनीले जनाएको छ ।
कुनै पनि साओमी वा रेड्मी स्मार्टफोन खरिद गरेपछि ग्राहकले उक्त फोनको आईएमईआई नम्बर ३६००० मा एसएमएस गर्नुपर्नेछ । यस अफरबारे साओमी नेपालका कन्ट्री म्यानेजर मनु मनास्वीले भने, “दशैंलाई विशेष बनाउन यो क्याम्पेन सुरु गर्दा हामी उत्साहित छौं । यसले ग्राहकहरूलाई थाइल्यान्ड यात्रा गर्ने अवसर प्रदान गर्नेछ ।”
साथै, साओमीले आफ्ना नयाँ मोडेलहरूमा चार हजार रुपैयाँसम्म छुट उपलब्ध गराउने जनाएको छ, जुन अफर कात्तिक ३० सम्म लागू हुनेछ ।