close

बाढी पहिरो पीडितको सहयोगार्थ बीवाईडीले दियो ५१ लाख रुपैयाँ

टेकपाना टेकपाना

असोज २०, २०८१ १२:९

बाढी पहिरो पीडितको सहयोगार्थ बीवाईडीले दियो ५१ लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख पाँच रुपैयाँको योगदान दिएको छ । शुक्रबार एक कार्यक्रमका बीच साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति रहेको थियो । केही दिन पहिले आधिकारिक रूपमा फाउन्डेसन स्थापनको घोषणा गरिए पश्चात् यो सीबीसीएफको पहिलो योगदान हो, जुन साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत गरिएको उल्लेख छ ।

शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन स्थापना गरिएको थियो । प्राकृतिक विपद् पीडितहरूसँग सहानुभूति प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम योगदान गरिएको हो ।

 

 

पछिल्लो अध्यावधिक: असोज २०, २०८१ १२:९