close

बालबालिकाका लागि अमेजनले ल्यायो एआई फिचरयुक्त ३ ट्याब्लेट

टेकपाना टेकपाना

असोज २१, २०८१ १०:१८

बालबालिकाका लागि अमेजनले ल्यायो एआई फिचरयुक्त ३ ट्याब्लेट

काठमाडौं । अमेजनले एआई फिचर भएको तीन ओटा ट्याब्लेट सार्वजनिक गरेको छ । सधैंजसो कार्यक्रम गरेर सार्वजनिक गर्ने कम्पनीले फायर एचडी ८ सिरिजका ट्याब्लेट गुपचुप तरिकाले ल्याएको हो ।

सार्वजनिक भएका ट्याब्लेटमा फायर एचडी ८, फायर एचडी ८ किड्स र फायर एचडी ८ किड्स प्रो रहेका छन् । यीमध्ये फायर एचडी ८ ट्याब्लेटमा लेख्न सजिलो बनाउन राइटिङ एसिस्टेन्ट रहेको छ । उक्त एसिस्टेन्टले कुनै पनि विषयमा लेख लेख्न सजिलो बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै अमेजनले स्लिक ब्राउजरमा समेत सारांश गर्ने फिचर थपेको छ । यसले गर्दा पूरा वेब पेज नपढी सारांश मात्र पढ्न सकिने भएको छ । यो मोडल ३-३२ जीबी र ४-६४ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।

विशेषगरी यी ट्याब्लेट बालबालिका केन्द्रित छन् । कम्पनीका अनुसार फायर एचडी ८ ट्याब्लेट ३ देखि ७ वर्षका बालबालिकाका लागि उपयुक्त हुन्छ । त्यस्तै फायर एचडी ८ किड्स प्रो ६ देखि १२ वर्षका बालबालिकाका लागि उपयुक्त हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ १०:१८