close

वर्ल्डलिङ्कले ‘सज्जनराज वैद्य: एकादेशमा नेपाल टुर २०२४’ आयोजना गर्ने

टेकपाना टेकपाना

असोज २२, २०८१ १४:५६

वर्ल्डलिङ्कले ‘सज्जनराज वैद्य: एकादेशमा नेपाल टुर २०२४’ आयोजना गर्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘सज्जनराज वैद्य: एकादेशमा नेपाल टुर २०२४’ आयोजना गर्ने भएको छ । यस सांगीतिक यात्रामा गायक तथा गीतकार सज्जनराज वैद्यले नेपालभर आफ्ना उत्कृष्ट प्रस्तुतिहरू दिनेछन् ।

यो टुर २४ असोजमा चितवनको क्याम्पाचौरबाट सुरु हुनेछ । वैद्य पछिल्लो पुस्ताका लोकप्रिय संगीतकर्मीमध्ये एक हुन् । उनका चर्चित गीतहरू जस्तै ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, र ‘सस्तो मुटु’ नेपाली युवापुस्तामा अत्यन्तै मन पराइएका छन् । उनका गीतहरूले युट्युबमा करोडौं भ्युज पाएका छन् ।

युट्युबमा मात्र नभई अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा पनि वैद्य चर्चित छन् । स्पोटिफाईमा उनका मासिक साढे तीन लाख बढी लिस्नरहरू छन् ।

यो टुर वैद्यको पहिलो आधिकारिक नेपाल टुर भएको बताइएको छ । वर्ल्डलिङ्कले यस टुरलाई प्रायोजन गर्दै वैद्यजस्ता प्रतिभाशाली कलाकारलाई अझ उच्च शिखरमा पुर्‍याउन योगदान गरेको जनाएको छ ।

वर्ल्डलिङ्कको उद्देश्य आफ्ना ग्राहकसँग सांगीतिक माध्यमबाट थप नजिक हुनु र नेपाली संगीतको विकासमा टेवा पुर्‍याउनु रहेको कम्पनीले उल्लेख गरेको छ । यस ‘सज्जनराज वैद्य: एकादेशमा नेपाल टुर २०२४’ का टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ ।

वर्ल्डलिङ्क प्रयोगकर्ताहरूका लागि विशेष अवसर पनि उपलब्ध छ । वर्ल्डलिङ्कको फेसबुक पेजमा कमेन्ट गर्नेमध्ये १० भाग्यशाली विजेताले भीभीआईपी टिकट जित्न सक्नेछन् । विजेताहरूले भीभीआईपी बक्सबाट कार्यक्रमको विशेष अनुभव लिन पाउनेछन् ।

चितवनपछि यो कार्यक्रम ३ कात्तिकमा बुटवल, १६ कात्तिकमा पोखरा, २४ कात्तिकमा इटहरी र १ मंसिरमा काठमाडौंमा आयोजना हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८१ १४:५६