close

इन्टरनेट नहुँदा कसरी चलाउने गुगल ड्राइभ ?

टेकपाना टेकपाना

असोज २९, २०८१ १४:१८

इन्टरनेट नहुँदा कसरी चलाउने गुगल ड्राइभ ?

काठमाडौं । फाइलहरू बनाउन, तिनमा काम गर्न, स्टोर गर्न, व्यवस्थापन गर्न एउटा राम्रो विकल्प हो, गुगल ड्राइभ । यसमार्फत एउटै फाइलमा धेरैले सँगै काम गर्न पनि सकिन्छ । तर त्यसका लागि प्रयोगकर्ताहरू अनलाइनमा हुन जरुरी छ । यदि अफलाइन हुँदा पनि त्यसरी काम गर्न सके कस्तो होला ! आज हामी यसैबारे चर्चा गर्ने छौं:

आईओएस तथा एन्ड्रोइडमा गुगल ड्राइभ अफलाइन प्रयोग गर्ने तरिका

अफलाइन हुँदा पनि काम गर्न सकिने फिचर गुगल ड्राइभमा उपलब्ध छ । यो काम आईओएस र एन्ड्रोइड दुवैमा गर्न सकिन्छ । यसका लागि तपाईंले अतिरिक्त शुल्क कति तिर्नु पर्दैन । 

बस्, तपाईंले आफू अनलाइनमा हुँदा अफलाइनमा कुन कुन फाइलमा काम गर्ने भनेर सेटिङ मिलाउनु भए पुग्छ । यसका साथै सम्बन्धित एप (डक्स, शिट, स्लाइड्स) फोनमा डाउनलोड गर्नु पर्ने हुन्छ । किनकि धेरैमा यी एप पहिल्यै इन्स्टल भएर आउँदैनन् । यदि गुगल ड्राइभ फोनमा इन्स्टल छैन भने त्यसलाई पनि इन्स्टल गर्नु पर्छ ।

यसपछि तलको प्रक्रिया अपनाउनुहोस्: 

-अफलाइन काम गर्न चाहेको फाइलमा जानुहोस् । त्यो फाइल डक्स, शिट्स, स्लाइड्स जे पनि हुन सक्छ ।

-अब छेवैको तीन ओटा डटमा क्लिक गर्नुहोस् । 

-पप अप मेनुमा आउने विभिन्न विकल्प मध्ये 'मेक अभाइलेबल अफलाइन'मा क्लिक गर्नुहोस् ।

 

तपाईंले यही कुरा ड्राइभमा पनि गर्न सक्नुहुन्छ । यसपछि अफलाइन एक्सेस गर्नु भएका फाइललाई तपाईंले सोही एपमार्फत आफू इन्टरनेटमा नहुँदा काम गर्न सक्नुहुन्छ । गुगल ड्राइभमा भने तपाईंले अफलाइन भन्ने फोल्डरमा उक्त फाइल देख्न सक्नुहुन्छ ।

त्यस्तै तपाईंले यही प्रक्रियामार्फत वेब ब्राउजरमा पनि फाइलहरूलाई अफलाइनका लागि काम गर्न योग्य बनाउन सक्नुहुन्छ । यसरी अफलाइनमा काम गर्दाका सबै कुराहरू स्टोर भएर बस्छन् । तिनलाई तपाईंले आफू अनलाइनमा भएसरी काम गर्न सक्नुहुन्छ । अफलाइन भएकै कारण डेटा हराउने हुँदैन ।


 

पछिल्लो अध्यावधिक: असोज २९, २०८१ १४:१८