close

फोनबाट सेटिङ एप हटाउँदै सामसङ, के होला कारण ?

टेकपाना टेकपाना

कात्तिक १, २०८१ ७:४३

फोनबाट सेटिङ एप हटाउँदै सामसङ, के होला कारण ?

काठमाडौं । सामसङले ग्यालेक्सी फोनमा सेटिङ एप हटाउने भएको छ । सेटिङ एपलाई एआईले विस्थापित गर्ने योजना सहित कम्पनीले नयाँ रणनीति अघि सारेको हो । 

ईटी न्युजले सार्वजनिक गरेको रिपोर्ट अनुसार अब आउन लागेको ग्यालेक्सी एस २४ एफईमा सेटिङ एप हुने छैन । सेटिङ एपमा म्यानुअल्ली गएर कुनै जानकारी मिलाउनुभन्दा त्यो काम एआईले क्षणभरमै गरिदिने भएकाले कम्पनीले यस्तो योजना ल्याएको रिपोर्टमा उल्लेख छ । 

कम्पनीले स्मार्टफोन एआईद्वारा सञ्चालन गरी त्यसलाई ‘सेटिङ फ्रि’ फोन विकास गर्ने लक्ष्य राखेको छ । एआईले सेटिङको काम कसरी गर्छ भन्ने विषयमा हालसम्म कुनै जानकारी बाहिरिएको छैन । तर, प्रयोगकर्ताले जसरी फोन प्रयोग गर्छन्, त्यसको आधारमा एआईले फोनको सेटिङ मिलाउन सक्ने सङ्केत देखिएको छ । 

खासगरी नोटिफिकेसन मिलाउने, स्क्रिनको ब्राइटनेस एडजस्ट गर्ने र लेआउट कस्टमाइजेसनमा एआई इन्टिग्रेट हुने अपेक्षा गरिएको छ । त्यसैगरी कीबोर्ड र क्यामेरा फङ्सनमा पनि एआईको उत्तिकै प्रयोग हुनेछ । अँध्यारो ठाउँमा हुँदा स्वतः फोन नाइट मोडमा गई लाइट एडजस्ट हुनेछ । त्यस्तै फोटो खिच्ने क्रममा पनि एआईले नै लाइट व्यवस्थापन गर्नेछ । 

त्यस्तै कीबोर्डमा पनि एआई इन्टिग्रेट हुने बताइएको छ । प्रयोगकर्ताले कुनै शब्द टाइप गरेको भरमा त्यसपछि प्रयोग हुन सक्ने सम्भावित शब्दलाई थप स्तरीय बनाउन पनि एआई प्रयोग हुने अपेक्षा गरिएको छ । एआईले प्रयोगकर्ताको टाइप गर्ने स्टाइलबाट उपयुक्त शब्द सुझाव दिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८१ ७:४४