close

ह्याकरहरूको विश्वकपमा नेपाल शीर्ष १६ मा प्रवेश

टेकपाना टेकपाना

कात्तिक ४, २०८१ १३:१०

ह्याकरहरूको विश्वकपमा नेपाल शीर्ष १६ मा प्रवेश

काठमाडौं । नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२४’ प्रतियोगिताको शीर्ष १६ मा प्रवेश गरेकाे छ । ह्याकरहरूको सबैभन्दा ठूलो प्रतिस्पर्धा मध्येको एक यो प्रतियोगितामा नेपाल विभिन्न चरण पार गर्दै शीर्ष १६ मा पुगेको हो ।

टेकपानासँग कुरा गर्दै टिम नेपालका लिडर आनन्द ढकालले नेपाल क्वालिफायर्स र ग्रुप स्टेज पार गरी शीर्ष १६ मा पुगेको जानकारी दिए । यी दुवै चरण भर्चुअल रूपमा भएका थिए । क्वालिफायर्स राउन्डमा नेपाल शीर्ष छैटौं स्थानमा परेको थियो । त्यस्तै ग्रुप स्टेजमा टिमकै पहिलो स्थानमा नेपाल परेको थियो ।

सो ग्रुपमा १३८ पोइन्टका साथ नेपाल शीर्ष स्थानमा थियो भने ६६ स्थानका साथ मोरोक्को दोस्रो, २० पोइन्टका साथ जापान तेस्रो र ६ पोइन्टका साथ ‘इन्डिया फोर’ भारत चौंथो स्थानमा परेका थिए । 

ढकालका अनुसार २२ अक्टोबरदेखि १ नोभेम्बरसम्म ‘स्विट सिक्सटिन’ प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष आठको ‘इलाइट एट’ प्रतिस्पर्धा हुनेछ । यो नोभेम्बरदेखि डिसेम्बरसम्म हुने बताइएको छ । यसको फाइनल प्रतिस्पर्धा मार्च २०२५ मा हुने भनिएको छ । यद्यपि यो मिति विविध कारणले सर्न सक्छ ।

ह्याकरवन एम्बासडर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिम एक-अर्कासँग प्रतिस्पर्धा गर्छन् । यसमा सहभागी ह्याकरको टोलीलाई कुनै पनि सिस्टममा भएका कमजोरी पत्ता लगाउन भनिन्छ ।

तोकिएको समयमा जसले बढी कमजोरी (बग) फेला पार्छ, सोही टिमको अङ्क बढ्दै जान्छ । अन्तिममा जुन टिमले बढी पोइन्ट पाउँछ, उ विजेता घोषित हुन्छ ।

टिम नेपालमा २० जना ह्याकरहरू रहेका छन्:

आनन्द ढकाल

आकाश हमाल

सन्दिप ओली

कुशल ढकाल

प्रशान्त भट्टराई

वैभव आनन्द झा

खगेश्वर जोशी

अविरल श्रेष्ठ

आयुष श्रेष्ठ

विवेक उप्रेती

विवेक ढकाल

रिकेश बानियाँ

विशाल श्रेष्ठ

मिलन कटुवाल

प्रणव प्रणय

विश्वदीप तामाङ

R3dpars3c

20_root

मधुसूदन आचार्य

प्रसिद्ध भुसाल

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८१ १०:४१