close

आविष्कार केन्द्रले बनायो साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’, सिन्धुलीमा सफल परीक्षण

टेकपाना टेकपाना

कात्तिक ८, २०८१ १९:५

आविष्कार केन्द्रले बनायो साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’, सिन्धुलीमा सफल परीक्षण

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’ निर्माण तथा सफल परीक्षण गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अधक्ष्य महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा उडानको भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् ।

आविष्कार केन्द्रमै कार्यरत राजु थापाले अनुसन्धानकै क्रममा सो यन्त्र बनाएको पुनले जानकारी दिए । आविष्कार केन्द्रमा बनेको सो पारामोटरमा इटालीको इन्जिन प्रयोग भएको उनले जनाए । आविष्कार केन्द्रले यसअघि पनि यस्तै किसिमको यन्त्र बनाएको भएपनि हाल बनेको यन्त्रमा तुलनात्मक रूपमा गुणस्तरीय इन्जिन प्रयोग भएको महावीरले बताए ।

नेपालमा पहिला पनि यस किसिमका यन्त्र बनेपनि यसको व्यवसायीकरण भने हुन नसकेको उनको भनाइ छ ।

“पहिला पनि यस्ता मसिन बनेका हुन्, तर व्यवसायीकरण हुन सकेको छैन । यो पोखरामा अहिले सञ्चालनमा आएको अल्ट्रालाइट जस्तै खालको मसिन हो । तर यसलाई वैधानिकता दिनुपर्छ भन्ने कुरामा सरकारको ध्यान पुगेको छैन । आविष्कार केन्द्रबाट यसको व्यवसायीकरण पहल भने हुँदैन । सरकारको बुद्धि पुग्यो भने यसको व्यवसायीकरणमा लाग्न सकिन्छ । तर मलाई बुद्धि पुग्ला जस्तो लाग्दैन,” उनले टेकपानासँग भने ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८१ १९:२८