close

अन्तर्राष्ट्रिय एआई सम्मेलन गर्दै एमाले निकट युवा संघ, एक हजार बढी सहभागी हुने

टेकपाना टेकपाना

कात्तिक ९, २०८१ १७:४६

अन्तर्राष्ट्रिय एआई सम्मेलन गर्दै एमाले निकट युवा संघ, एक हजार बढी सहभागी हुने

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन हुने भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी कात्तिक ११ र १२ गते काठमाडौंस्थित उक्त सम्मेलन हुन लागेको हो ।

विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन सम्मेलन आयोजना गर्न लागिएको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

सम्मेलनमा एआईसँग सम्बन्धित विभिन्न १० शीर्षकमा छलफल हुने तथा नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सको आधारस्तम्भ निर्माणको अवसर, चुनौती र रणनीतिक बाटो विषयमा अनुसन्धानपत्र प्रस्तुतीकरण गरिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । कार्यक्रममा एक हजार बढीको सहभागिता हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८१ १८:२