काठमाडौं । भक्तपुरस्थित राधेराधेमा दीपल ईभीको नयाँ शोरुम खुलेको छ । नेपालका लागि चाङ्गन तथा दीपल ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले स्काइलाइन मोटर्सलाई डिलर नियुक्त गर्दै शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काइलाइन मोटर्सका निर्देशक विशाल पाण्डेले संयुक्त रूपमा गरेका थिए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले नेपालमा एआई-एकीकृत गाडीहरूको महत्त्व, सुविधा र सुरक्षाका विषयमा जोड दिनुपर्नेमा मत राखे । यस्तै स्काइलन मोटर्सका निर्देशक विशाल पाण्डेले आधिकारिक शोरुम उद्घाटन हुनुअघि नै भक्तपुर बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको बताए ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले उपत्यका बाहिर पोखरामा पनि आफ्नो सेवा गरिसकेको तथा बुटवल, वीरगञ्ज, नारायणघाट, विराटनगर र बिर्तामोड गरी पाँच अन्य सहरमा आफ्नो नेटवर्क विस्तार गर्ने योजना रहेको सुनाए ।
दीपल ईभीमा रहेको वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अगुमेन्टेड रियलिटी हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट, आउटडोर स्पिकर लगायत १५ भन्दा बढी 'फर्स्ट टाइम फिचरका ' कारण नेपाली बजारमा छोटो समयमै उल्लेख्य सफलता मिलेको एमएडब्लू वृद्धिले दाबी गरेको छ ।