close

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको १ करोड सहयोग

टेकपाना टेकपाना

कात्तिक १४, २०८१ १४:४४

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको १ करोड सहयोग

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण भएको बाढी, पहिरो र डुबानका पीडितहरूको राहतका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख ७० हजार २१४ रुपैयाँ ८३ पैसा सहयोग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको प्रबन्ध निर्देशक पहाडीले बताइन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न ध्यान दिन निर्देशन दिएका थिए ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ १४:४४