close

अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निवर्तमान मुख्यसचिव अर्याललाई सफाइ, विकल र सफल दोषी ठहर

टेकपाना टेकपाना

कात्तिक १५, २०८१ ९:३९

अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निवर्तमान मुख्यसचिव अर्याललाई सफाइ, विकल र सफल दोषी ठहर

काठमाडौं । अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका निवर्तमान मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले बुधबार अर्यालसहित १० प्रतिवादीलाई सफाइ दिएको हो ।

अदालतले अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सारका उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, आन्तरिक राजश्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका​ रविन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ​, प्रिन्स सेल्स प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्मालाई सफाइ दिएको हो ।

उक्त मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरिएको छ। उनीहरूको सजाय निर्धारण मंसिर २५ गते हुने बताइएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि मुख्यसचिवबाट निलम्बनमा परेका अर्याललाई तत्कालीन प्रचण्ड सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । 

अन्तःशुल्क स्टिकरकाे खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा तत्कालीन मुख्यसचिव अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८१ ९:५८