close

​अल्टिमाले ल्यायो सिंगल चार्जमा लगातार ४५ घण्टा सुन्न मिल्ने टच कन्ट्रोलसहितको सस्तो इयरबड

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १९:५८

​अल्टिमाले ल्यायो सिंगल चार्जमा लगातार ४५ घण्टा सुन्न मिल्ने टच कन्ट्रोलसहितको सस्तो इयरबड

काठमाडौं । अल्टिमा बुम ३११ को सफलतापछि अल्टिमा लाइफस्टाइलले आफ्नो नयाँ बजेट-मैत्री इयरबड्स बुम २११ बजारमा ल्याएको छ । प्रिमियम फिचरसहितको यो इयरबड्समा उत्कृष्ट अडियो र दिनभर आरामदायी रूपमा सुन्ने अनुभव प्रदान गर्ने विशेषता छ ।

१० एमएम हाई-फिडेलिटी ड्राइभरले शक्तिशाली बेस र स्पष्ट आवाज दिन्छ। ब्लुटुथ V5.4 र स्विफ्ट पियर प्रविधिको साथ, १० मिटरसम्मको दायरा र आईपीएक्स फोर वाटर रेजिस्टेन्सले बुम २११ लाई दैनिक गतिविधिमा प्रयोग गर्न उपयुक्त बनाएको छ ।

अल्टिमा लिंक एप सपोर्टमार्फत, प्रयोगकर्ताहरूले सिग्नेचर र ब्यालेन्स इक्यू मोडहरू बीच स्विच गर्न सक्छन् र आवाजलाई आफ्नो रोजाइअनुसार अनुकूल बनाउन सक्छन् । यसमा भएको एआई इनभाइरोमेन्टल नोइज क्यान्सलेसन (ईएनसी) ले भिडभाडयुक्त स्थानहरूमा पनि स्पष्ट कलिङ अनुभव प्रदान गर्छ । यसमा रहेको ४५ एमएस लो लेटेन्सी गेम मोडले गेमिङ र स्ट्रिमिङलाई स्मुथ बनाउँछ।

बुम २११ मा रहेको बुस्ट चार्जिङले ४५ घण्टासम्मको ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीको दाबी छ । पर्ल ह्वाइट र स्पेस ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध यो इयरबडलाई दराज ११.११ मा १,५९९ को विशेष मूल्यमा पाउन सकिन्छ । यति मात्र नभई दराजको एक्सक्लुसिभ भौचर र बैंक छुटहरूसहित यो इयरबड १,२०० सम्ममा प्राप्त गर्न सकिन्छ।

बुम २११ इयरबड खरिदमा ग्राहकहरूले ६ महिनाको वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा पनि पाउने बताइएको छ ।

मुख्य फिचर

  • अल्टिमा सुप्रिम साउन्ड: संगीत प्रेमीहरूको लागि सशक्त बेस र स्पष्ट आवाज ।

  • अल्टिमा लिंक एप सपोर्ट: एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध ईक्यू मोड परिवर्तन गर्ने विकल्प ।

  • टिकाउ ब्याट्री लाइफ: ६० प्रतिशत भोलुममा ४५ घण्टासम्मको प्ले टाइम ।

  • बुस्ट चार्जिङ: ५ मिनेटको चार्जले ७५ मिनेटको प्ले टाइम ।

  • लो लेटेन्सी गेम मोड: गेमिङ र स्ट्रिमिङका लागि ४५ एमएस लेटेन्सी ।

  • एआई ईएनसीसहितका ४ ओटा माइक: भिडमा पनि स्पष्ट कल ।

  • टच कन्ट्रोल: गीत परिवर्तन, प्ले/पज र कल सजिलै गर्न टच सुविधा ।

  • भ्वाइस असिस्टेन्ट सपोर्ट: गुगल असिस्टेन्ट र सिरी सपोर्ट ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १९:५८