close

फुडमाण्डुको १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ २१:१५

फुडमाण्डुको १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

काठमाडौं । फुडमाण्डु वनमार्ट सञ्चालनमा आएको छ । नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औँ वार्षिकोत्सको अवसरमा नयाँ सेवा थालेको हो ।

सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा मार्फत आफ्ना ग्राहकलाई मनपर्ने रेस्टुरेन्टको खाना घरघरमा पुर्‍याउँदै आएको छ । अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रूपमा स्थापित भइसकेको छ ।

फुडमाण्डु वनमार्टको सुरुवातसँगै फुडमाण्डुले ग्राहकहरूलाई ग्रोसरी लगायत दैनिक आवश्यक सामग्री पनि घरमै डेलिभरी दिनेछ । यससँगै अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरुन्तै र भरपर्दो डेलिभरी सेवा पाउनेछन् ।

हालका लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध गराइएको छ । छिट्टै नै यो सेवा काठमाडौं उपत्यकाभर विस्तार गरिने कम्पनीले जनाएको छ ।

फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले वनमार्टको माध्यमबाट ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहेको बताए ।

वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफेन्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको पनि सुरुवात गरेको छ । जस अन्तर्गत ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बताइएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वन गेट वन डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज – फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् ।

यी सबै अफरहरू फुडमाण्डुको १४ वर्षे यात्राको उत्सव मनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार पारिएका हुन् । फुडमाण्डु आगामी दिनमा पनि ग्राहकहरूको सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक–केन्द्रित अभियानहरू ल्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ २१:१५