close

स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बास्डर भन्दै अनलाइन जुवाको प्रचार

टेकपाना टेकपाना

मंसिर ३, २०८१ ८:५७

स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बास्डर भन्दै अनलाइन जुवाको प्रचार

 

काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफूलाई ब्रान्ड एम्बास्डर बनाएको दाबी गर्दै अनलाइन जुवाको प्रचार भइरहेको जनाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै नायिका खड्काले अवैध प्लेटफर्ममा आफ्नो नाम र फोटो दुरुपयोग भएको जानकारी दिएकी हुन् । 

“मलाई ब्रान्ड एम्बास्डर (Brand Ambassador) को रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ,” खड्काले लेखेकी छिन्, “म यस्ता गैरकानुनी एपबाट कोसौं टाढा छु । यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल ।  नेपाल प्रहरीले कारबाही गर्नेछ भन्ने विश्वासमा छु ।”

नायिका खड्काको फोटो दुरुपयोग गरेको प्लेटफर्मले आफ्नो कम्पनीको नाम ‘हिमा ८ एनपी’ (Hima8 NP) भएको दाबी गरेको छ । फोटोमा स्वस्तिमा खड्कालाई २०२४ का लागि ब्रान्ड एम्बास्डर नियुक्त गरेको भन्दै नक्कली पोस्ट राखिएको छ । यतिसम्म कि पोस्टमा खड्काको नक्कली सिग्नेचर गरेको पनि देखाइएको छ । खड्का आफैंले उक्त प्लेटफर्ममा ब्रान्ड एम्बाडर हुने भनेर छनोट गरेको दाबी गरिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८१ ८:५७