close

इन्स्टाग्रामबाट अब साथीलाई लाइभ लोकेसन पठाउन सकिने

टेकपाना टेकपाना

मंसिर १२, २०८१ १७:५

इन्स्टाग्रामबाट अब साथीलाई लाइभ लोकेसन पठाउन सकिने

काठमाडौं । इन्स्टाग्राममा अब इनबक्सबाट लाइभ लोकेसन पठाउन सकिने भएको छ । मङ्गलबारदेखि इन्स्टाग्रामले क्रमिक रूपमा यो फिचर उपलब्ध गराउन थालेको हो । ​इन्स्टाग्रामको मातृ कम्पनी मेटाले ह्वाट्सएप र मेसेन्जर एपमा यो फिचर यसअघि नै उपलब्ध गराएको थियो । 

यसका साथै, प्रयोगकर्ताले इन्स्टाग्राममा आफ्नो प्रोफाइलमा निकनेम थप्न सक्ने फिचर पनि पाएका छन् । यो फिचर पहिले मेसेन्जरमा मात्र उपलब्ध थियो । निकनेम राखेपछि प्रयोगकर्ताको अन्य युजरनेममा कुनै परिवर्तन नआउने कम्पनीले जनाएको छ ।

इन्स्टाग्रामले पठाइएको लाइभ लोकेसन एक घण्टाका लागि मात्र मान्य हुनेछ । यो फिचर विशेषगरी कसैलाई भेट्न, कार्यक्रम स्थल वा समारोहको ठेगाना देखाउन सहयोगी हुनेछ । व्यक्तिगत च्याट र ग्रुप च्याट दुवैमा रियल टाइम लोकेसन पठाउन सकिनेछ ।

इन्स्टाग्रामले एपमा १७ ओटा नयाँ अवतार स्टिकर र ३०० भन्दा बढी रमाइला स्टिकर पनि समावेश गरेको छ, जसले च्याटलाई थप मनोरञ्जनात्मक बनाउने कम्पनीको विश्वास छ ।

हालका लागि यी फिचर केही सीमित देशमा मात्र उपलब्ध छन् । कम्पनीले छिट्टै विश्वव्यापी रूपमा यो फिचर सार्वजनिक गर्ने योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८१ १७:२३