close

अब गुगल च्याटमा भ्वाइस र भिडिओ कल सजिलै स्विच गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १३, २०८१ १३:१८

अब गुगल च्याटमा भ्वाइस र भिडिओ कल सजिलै स्विच गर्न सकिने

 

काठमाडौं । गुगल च्याटमा भ्वाइस र भिडिओ कल स्विच गर्न सकिने फिचर आएको छ । पछिल्लो अपडेटमा गुगलले ‘हडल्स’ (Huddles) नामको फिचर ल्याएको हो ।

यो फिचरले प्रयोगकर्तालाई कुराकानीका दौरान भ्वाइस र भिडिओमा स्विच गर्न सकिने विकल्प दिनेछ । यसका लागि तपाईंले गुगल च्याटको माथिल्लो दायाँ भागमा 'स्टार्ट द हडल' नामक विकल्प देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्दा सुरुमा भ्वाइस कल सुरु हुन्छ ।

त्यसपछि भने प्रयोगकर्ताले भिडिओ कल मा स्विच गर्न सक्छन् । गत वर्ष घोषणा गरिएको यो फिचर गुगलले बिहीबारदेखि रोलआउट गर्न सुरु गरिसकेको छ । वर्कस्पेस प्रयोगकर्ताहरूबीच भने केही सातापछि उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८१ १३:१८