काठमाडौं । आर्क ब्राउजर निर्माता द ब्राउजर कम्पनीले एआईमा आधारित ब्राउजर ‘डिया’ ल्याउने भएको छ । हालै सार्वजनिक एक भिडिओमा कम्पनीले ‘डिया’ ब्राउजरलाई पूर्णरूपमा नयाँ शैलीमा तयार पार्न लागिरहेको बताएको छ, जसमा दैनिक कामलाई सजिलो बनाउने थुप्रै एआई सुविधा हुनेछन् ।
कम्पनीका अनुसार यो ‘स्मार्ट वेब ब्राउजर’ हुनेछ । कम्पनीका सीईओ जोश मिलरले भनेका छन्, “एआईको भविष्य कुनै बटन वा एप मात्र होइन, यो ब्राउजर तहमा बनेको पूर्ण नयाँ कम्प्युटिङ वातावरण हुनेछ ।”
भिडिओमा डिया ब्राउजरका केही प्रोटोटाइप सुविधाहरू पनि देखाइएका छन् । यी सुविधामध्ये एकले प्रयोगकर्तालाई लेखनमा सहयोग पुर्याउनेछ । जसमार्फत लेखिएको वाक्यलाई पूर्ण बनाउन वा कुनै विषयमा इन्टरनेटबाट जानकारी उपलब्ध गराउन सहज हुनेछ ।
ब्राउजरले प्रयोगकर्ताको खुलेका अमेजन लिङ्कहरूबाट विवरण झिकेर ईमेलमा राख्न सक्ने क्षमता पनि देखाइएको छ । यसबाहेक, डिया ब्राउजरले एड्रेस बारमा कमान्ड (आदेश) टाइप गरेर कागजात फेला पार्ने, ईमेल पठाउने तथा न्याचुरल ल्याङ्ग्वेज प्रयोग गरेर बैठकको तालिका तयार पार्ने काम गर्न सक्छ ।
Here's a demo of full self-driving for Dia browser, made by @nateparrott.
— Josh Miller (@joshm) December 3, 2024
You send your (second) cursor off to do work in another tab for you, while you continue on other stuff in parallel.
FSD reliability is not good enough for production but we'll get there in 2025. pic.twitter.com/BY9mAU441X
सबैभन्दा रोचक सुविधा भनेको यो ब्राउजरले आफैं अमेजन ब्राउज गर्न, सामान कार्टमा राख्न र ठूला तालिकाका विवरणलाई विश्लेषण गरी सम्बन्धित व्यक्तिहरूलाई अलग-अलग ईमेल पठाउन सक्नेछ ।
यद्यपि, यसले आर्क ब्राउजरलाई विस्थापन गर्ने छैन । कम्पनीले डिया ब्राउजरमा काम गरिरहे पनि आर्क ब्राउजरलाई निरन्तर अपडेट र सपोर्ट दिनेछ ।
डिया हाल डेभलपमेन्टको प्रारम्भिक चरणकै रहेकोले सार्वजनिक हुने बेलासम्म धेरै परिवर्तन हुने सक्ने बताइएको छ ।
The @browsercompany’s second product is a smart browser called Dia. Come build it with us: pic.twitter.com/xZaF9e4S1o
— Josh Miller (@joshm) December 2, 2024
पछिल्लो अध्यावधिक: मंसिर १९, २०८१ १९:१४
