close

नेपालमा खरिद प्रक्रिया डिजिटल बनाउने नयाँ प्लेटफर्म टीओआर नेपाल सञ्चालनमा

टेकपाना टेकपाना

पुस ८, २०८१ १७:१८

नेपालमा खरिद प्रक्रिया डिजिटल बनाउने नयाँ प्लेटफर्म टीओआर नेपाल सञ्चालनमा

काठमाडौं । टीओआर नेपाल डटकमले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । नेपालका एनजीओ, आईएनजीओ, सार्वजनिक र निजी संस्थाहरूको खरिद प्रक्रियालाई डिजिटाइज गर्ने उद्देश्यका साथ यो प्लेटफर्म सुरु भएको हो ।

यसले खरिद प्रक्रियालाई डिजिटल र पारदर्शी बनाउँदै समय र स्रोत बचत गर्ने लक्ष्य राखेको छ । यस प्रकारका सूचनाहरू हालसम्म केही रोजगार सम्बन्धी वेबसाइट तथा पत्रपत्रिकामा मात्र प्रकाशन हुँदै आइरहेका थिए । खरिद सम्बन्धी सूचना र सेवाका लागि विशेष रूपमा विकास गरिएको कुनै छुट्‍टै पोर्टल उपलब्ध थिएन।

टीओआरनेपाल डटकम यस क्षेत्रका लागि पहिलो अनलाइन पोर्टल भएको दाबी कम्पनीले गरेको छ । जसले खरिद सम्बन्धी सूचना र सेवाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नेछ । यो विशेषगरी एनजीओ, आईएनजीओ, बैंकिङ तथा वित्तीय संस्था र निजी संस्थाहरू प्रति लक्षित रहेको छ ।

जसले टेन्डर, टीओआर, आरएफपी प्रस्ताव आह्वान, लिलामी, र विशेषज्ञहरूको सूची (रोस्टर) तयार पार्ने, आवेदन सङ्कलन गर्ने, मूल्याङ्कन गर्न, र सम्झौता गर्न दिने प्रक्रियालाई सहज बनाउने बताइएको छ ।

टीओआर नेपालका मुख्य विशेषता

  • ईओआई, आरएफपी, टेन्डर र प्रस्तावका लागि आह्वानको सूचना सजिलै तयार गर्न सकिने ।

  • एआई उपकरणको प्रयोग गरी छिटो र प्रभावकारी रूपमा टीओआर तयार गर्न र प्रकाशित गर्न सकिने।

  • विशेषज्ञहरूको सूची (रोस्टर) वर्ग/विषय अनुसार तयार गर्न र व्यवस्थापन गर्न सकिने ।

  • अनलाइन वा ईमेलमार्फत आवेदन सङ्कलन गर्ने सुविधा ।

  • मूल्याङ्कन उपकरण प्रयोग गरी आफ्नै मापदण्डमा आधारित विक्रेता छनोट गर्न मिल्ने ।

  • अनलाइनमार्फत सुरक्षित र पारदर्शी रूपमा सम्झौता प्रक्रिया सम्पन्न गर्न सकिने ।

टीओआर नेपालका प्रवक्ताले नेपालका संस्थाहरूले खरिद प्रक्रियामा धेरै समय र स्रोत खर्च गरिरहेको बताए । "हाम्रो प्लेटफर्मले यो समस्यालाई समाधान गर्दै प्रक्रियालाई सहज, पारदर्शी, र प्रभावकारी बनाउनेछ," उनले भने । 

 

पछिल्लो अध्यावधिक: पुस ८, २०८१ १७:१८