close

२ घण्टामै युट्युबको ट्रेन्डिङमा बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’

टेकपाना टेकपाना

माघ २८, २०८१ १९:३१

२ घण्टामै युट्युबको ट्रेन्डिङमा बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’

काठमाडौं । र्‍यापर एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नयाँ गीत नेपाल हाँसेको रिलिज भएको दुई घण्टामै युट्युबको ट्रेन्डिङमा परेको छ । सोमबार बेलुकी ५ बजेतिर सार्वजनिक भएको चलचित्र लाज शरणम्‌को उक्त गीत यो समाचार तयार पार्दा युट्युबको ट्रेन्डिङ २५ मा देखिएको हो ।

यस बेलासम्म युट्युबमा बालेनको गीतले करिब ८४ हजार भ्युज पाइसकेको छ । जसमा ४९ हजार लाइक र ४२०० बढी कमेन्ट आइसकेका छन् ।

गीत सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालका विभिन्न माध्यम शेयर गर्ने क्रम पनि बढेको छ । केही प्रयोगकर्ताले टिकटकमा छोटा क्लिप बनाउँदै अपलोड गरिरहेका छन् । 

१४ फागुनमा रिलिज हुने यस चलचित्रमा सिताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियना आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २८, २०८१ १९:४२