close

एम्पेयर इलेक्ट्रिक स्कुटरमा भ्यालेन्टाइन अफर: प्रेमी-प्रेमिकाको उमेर जति छ, त्यति हजार छुट !

टेकपाना टेकपाना

फागुन १, २०८१ ९:४५

एम्पेयर इलेक्ट्रिक स्कुटरमा भ्यालेन्टाइन अफर: प्रेमी-प्रेमिकाको उमेर जति छ, त्यति हजार छुट !

काठमाडौं । नेपालमा केडिया अर्गनाइजेसन अन्तर्गतको केडिया इन्टरनेसनल प्रालिले एम्पेयर इलेक्ट्रिक स्कुटरमा उमेरका आधारमा जोडीहरूलाई विशेष छुट दिने योजना ल्याएको छ । कम्पनीले ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारी यो योजना सार्वजनिक गरेको हो ।

यसअन्तर्गत जोडीले आफ्नो संयुक्त उमेर बराबरको छुट पाउनेछन् । उदाहरणका लागि प्रेमीको उमेर २५ वर्ष र प्रेमिकाको उमेर २० वर्ष छ भने यसमा कूल ४५ हजार रुपैयाँ छुट पाउन सकिन्छ । 

तर, कम्पनीले छुटको अधिकतम सीमा एक लाख ५० हजार रुपैयाँ तोकेको छ । यो अफर एम्पेयरको ‘प्रिमस’ (Primus) मोडेलमा मात्र लागू हुनेछ ।

यस अफरमा विवाहित वा अविवाहित दुवै प्रकारका जोडी सहभागी हुन सक्नेछन् । 

उक्त छुटको लागि ग्राहकहरू आफ्नो नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहित आधिकारिक एम्पेयर शोरुममा उपस्थित हुनुपर्नेछ ।

एम्पेयर इलेक्ट्रिक स्कुटर भारतको चर्चित ईभी ब्रान्ड हो । यसले ‘डिजाइन इन इन्डिया, मेड इन इन्डिया’ नाराका साथ आफ्नो उत्पादन बिक्री वितरण गर्दै आएको छ । हालसम्म भारतमा तीन लाखभन्दा बढी ग्राहकले एम्पेयर स्कुटर प्रयोग गरिरहेको कम्पनीको दाबी छ । 

एम्पेयरले नेपालमा म्याग्नस, प्रिमस र नेक्सस गरी तीन प्रकारका मोडेल छन् । यी स्कुटर विद्यार्थी, कार्यालयका कर्मचारी, गृहिणी वा विशेष आवश्यकता भएका व्यक्तिहरू सबैको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

नेपालमा एम्पेयर स्कुटर टेकु, भक्तपुर, इटहरी/बिर्तामोड, पोखरा र भैरहवा लगायतका मुख्य सहरमा उपलब्ध छन् ।

कस्तो छ भ्यालेनटाइन अफर भएको प्रिमस स्कुटर ?

एम्पेयरको प्रिमस इलेक्ट्रिक स्कुटर ७७ किलोमिटर प्रति घण्टाको अधिकतम गतिमा गुड्न सक्ने कम्पनीले जनाएको छ । शून्यदेखि ४० किलोमिटर प्रति घण्टाको गतिमा पुग्न यसलाई ४.२ सेकेन्ड मात्र लाग्छ । एक पटकको चार्जमा पावर मोडमा १०७ किमिसम्मको दुरी तय गर्न सकिन्छ । 

स्कुटरको १८६ एनएम टर्क र १४ डिग्री उकालो चढ्ने क्षमताले यसलाई पहाडी भेगमा पनि सहजै चलाउन सकिने बनाएको छ । स्कुटरमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ ।

४८ भोल्टको यो ब्याट्रीलाई फुल चार्ज हुन पाँच घण्टा लाग्छ । यसमा छिटो चार्ज गर्ने सुविधा पनि उपलब्ध छ ।

यो इलेक्ट्रिक स्कुटरमा मिड माउन्ट मोटर रहेको छ । यसमा इको, सिटी, पावर र रिभर्स गरी चार ओटा ड्राइभिङ मोड छन् । जसले चालकलाई आफ्नो आवश्यकता अनुसार स्कुटर चलाउन सहज बनाउँछ ।

स्कुटरको मोटर पावर ३३००/४००० वाट रहेको छ । यसले १५० किलोसम्मको भार क्षमता बोक्न सक्छ, जसमा १२ इन्चको एलोय ह्विल र ट्युबलेस टायर प्रयोग गरिएको छ । स्कुटरको ग्राउन्ड क्लियरेन्स १५७ एमएम छ । 

यसमा एलसीडी कन्सोल, मोबाइल ब्लुटुथ कनेक्टिभिटी, डिजिटल ओडोमिटर, घडी, लो ब्याट्री इन्डिकेटर, युूएसबी मोबाइल चार्जर जस्ता सुविधा छन् ।

यसको डिक्की २२ लिटरको क्षमताको छ । सुरक्षाका लागि साइड स्ट्यान्ड सेन्सर दिइएको छ । हेड लाइट एलईडीको छ भने टेल लाइट र टर्निङ लाइट हेलोजनका छन् ।

यस स्कुटरको मोटर, ब्याट्री र गाडीमा तीन वर्ष वा ३० हजार किमिसम्मको वारेन्टी रहेको छ । 

पछिल्लो अध्यावधिक: फागुन १, २०८१ १०:४५