close

एकान्तकुना यातायात कार्यालयले भन्योः भिडभाड एकदमै कम छ, यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउनु होला

टेकपाना टेकपाना

असार १२, २०८३ १४:४४

एकान्तकुना यातायात कार्यालयले भन्योः भिडभाड एकदमै कम छ, यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउनु होला

काठमाडौं । एकान्तकुना यातायात कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको छ । हाल लाइसेन्स वितरण केन्द्रमा सेवाग्राहीको भिडभाड एकदमै कम रहेको जानकारी दिँदै कार्यालयले आफ्नो लाइसेन्स प्राप्त गर्न बाँकी रहेका सम्पूर्ण सेवाग्राहीहरूलाई यथाशीघ्र उपस्थित भई लाइसेन्स लिन अनुरोध गरेको हो ।

कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार हाल कार्यालयका १२ वटा कोठाबाट लाइसेन्स वितरणको काम भइरहेको छ । सेवाग्राहीलाई सहज होस् भनेर कार्यालयले अनलाइनबाटै आफ्नो लाइसेन्स कुन कोठाबाट वितरण भइरहेको छ भनेर हेर्न सकिने व्यवस्था पनि मिलाएको छ ।

आफ्नो लाइसेन्स रहेको कोठा नम्बर थाहा पाउनका लागि सेवाग्राहीले कार्यालयको आधिकारिक वेबसाइट printekantakuna.bagamati.gov.np  मा गएर Check अप्सनमा क्लिक गरी बुझिलिने व्यक्तिको विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ ।

वेबसाइटमा विवरण राखेपछि देखाइएको कोठा नम्बरमा उपस्थित भएर सेवाग्राहीले आफ्नो RECEIVED ID र सक्कल रसिद देखाएपछि मात्र आफ्नो लाइसेन्स प्राप्त गर्न सक्ने कार्यालयले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८३ १४:४४