close

फोनपेको ‘सक्षम नारी’ अभियान: हिराको गहना जित्ने मौका, अरु केके छन् अफर ?

टेकपाना टेकपाना

फागुन २२, २०८१ १६:४२

फोनपेको ‘सक्षम नारी’ अभियान: हिराको गहना जित्ने मौका, अरु केके छन् अफर ?

काठमाडौं । भुक्तानी नेटवर्क प्रदायक फोनपेले नारी दिवसलाई लक्षित गर्दै ‘सक्षम नारी’ अभियान सुरु गरेको छ । कम्पनीले यो अभियान राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँगको सहकार्यमा ल्याएको हो । 

महिलाहरूलाई डिजिटल वित्तीय समावेश र आत्मनिर्भरता मार्फत सशक्त बनाउने उद्देश्यसहित ‘सक्षम नारी’ अभियान सुरु गरिएको फोनपेले जनाएको छ । यसअन्तर्गत महिलाहरूलाई डिजिटल वित्तीय सेवाबारे जानकारी र सचेतना प्रदान गरिनेछ ।

मार्च ३१ तारिख सम्म चल्ने यस अभियानले महिलाहरूलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गरी दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्ने कम्पनीको विश्वास छ । 

अभियानमा सहभागी हुन महिला प्रयोगकर्ता पार्टनर बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत फोनेपेका कुनै पनि सेवाहरू न्यूनतम तीन पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ । 

यसरी फोनपे प्रयोग गर्दा प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली विजेता अर्थात् कुल ६ जनाले विजेताले श्री नटराज ज्वेलर्सबाट विशेष हीरा गहना प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै, प्रत्येक बैंकबाट ५० महिला विजेता अर्थात् कुल ३०० महिलालाई एक हजारको शपिंग भौचर प्रदान गरिने छ । 

आर्थिक वृद्धिका लागि वित्तीय समावेशिता महत्त्वपूर्ण रहेकाले डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा महिलाहरूलाई सक्षम बनाउन यस्तो अभियान सुरु गरिएको फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मीले बताइन् । "यो एक ब्राण्ड बिल्डिङ पहल हो, जसले महिलाहरूलाई डिजिटल वित्तीय साक्षरतामार्फत सशक्त बनाउने उद्देश्य राख्छ । यो अभियानले नेपालको डिजिटल परिवर्तनलाई अघि बढाउने र सबैको लागि पहुँच सुनिश्चित गर्ने अपेक्षा छ," उनले भनिन् । 

पछिल्लो अध्यावधिक: फागुन २२, २०८१ १६:४३