close

भायानेटले ल्यायो ‘साम्बा प्याक’, ८५ सयमा वर्षभर १०० एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

फागुन २५, २०८१ १७:३२

भायानेटले ल्यायो ‘साम्बा प्याक’, ८५ सयमा वर्षभर १०० एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ इन्टरनेट योजना ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ । आजदेखि लागु भएको यो योजना चर्चित महिला फुटबल खेलाडी सावित्री भण्डारी ‘साम्बा’ बाट प्रेरित भई ल्याइएको हो ।

‘साम्बा प्याक’ अन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसका इन्टरनेट योजना उपलब्ध छन् ।

१०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकले एक महिना निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्नेछन् । कम्पनीका अनुसार १०० एमबीपीएसको लागि रु. ८,५०० (कर सहित) वार्षिक शुल्क राखिएको छ ।

सावित्री भण्डारी ‘साम्बा’सँगको सहकार्यमा गर्व महसुस गर्दै भायानेटले महिला खेलकुदप्रति प्रतिबद्धता र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य बलियो भएको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०८१ १७:४७