काठमाडौं । ट्राभल मार्केटप्लेस ट्रिप टर्बोको मोबाइल एप गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । गएको भदौ महिनामा सार्वजनिक भएको उक्त एप ७ महिनाको अवधिमा एक लाखभन्दा बढी डाउनलोड भएको हो ।
यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिँदै कम्पनीले ‘ट्रिप टर्बो १००के अफर’ सुरु गरेको छ । जसमा भाग्यशाली विजेताले निःशुल्क फ्लाइट टिकेटदेखि छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत दुई भाग्यशाली विजेताले दुई ओटा निःशुल्क एकतर्फी आन्तरिक हवाई उडानको टिकेट प्राप्त गर्नेछन् । त्यस्तै एक जना भाग्यशाली ग्राहकले पोखरामा ११ हजार रुपैयाँ बराबरको हट एयर बेलुन राइड गर्न पाउने छन् ।
यसका साथै नेपालको पहिलो फेमिली इन्टरटेनमेन्ट सेन्टर ‘उप्स नेपाल’ को तर्फबाट ५ हजार रुपैयाँ बराबरको दुई ओटा गिफ्ट कार्ड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसका साथै आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा १ लाखभन्दा बढीको छुट र प्रोमो कोड प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नियमित प्रयोगकर्ताले ट्रिप टर्बोको लोयल्टी पोइन्टस् प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा पाँच सय रुपैयाँ छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिने छ ।
यो अफर सीमित सङ्ख्यामा मात्र उपलब्ध हुनेछ उल्लेख छ । यस्तै पहिलो पटक उडान बुक गर्ने ग्राहकले ‘FIRST100’ प्रोमोकोड प्रयोग गरी पहिलो उडान बुकिङ गर्दा २०० रुपैयाँ छुट प्राप्त गर्न सक्ने छन् । नियमित प्रयोगकर्ताले ‘APP100K’ प्रोमो कोड प्रयोग गरी १५० रुपैयाँ छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै पहिलो पटक बस टिकट काट्ने ग्राहकले ‘TURBOBUS’ प्रोमो कोड प्रयोग गरी टिकेट काट्दा ५० रुपैयाँ छुट पाउने उल्लेख छ । यसका साथै रोमाञ्चक एक्टिभिटीहरूमा ५० प्रतिशत अथवा ६ हजारसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
‘एक लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोेका लागि ठुलो उपलब्धि हो,’ ट्रिप टर्बाेका संस्थापक शिखर प्रसाईंले भने, ‘हामी केवल उत्कृष्ट डिल, विशेष छुट, र रोमाञ्चक एड्भेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध छौं ।’
कम्पनीका अनुसार २ चैत्रदेखि सुरु भएको यो अफर यही १८ चैतसम्म चल्नेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः यस योजनामा समावेश हुनेछन् ।