close

त्रिविमा बोर्ड परीक्षा सकिएकै दिन एमएससी सीएसआईटीको नतिजा सार्वजनिक

टेकपाना टेकपाना

बैशाख १, २०८२ १६:२४

त्रिविमा बोर्ड परीक्षा सकिएकै दिन एमएससी सीएसआईटीको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षा भएकै दिन नतिजा प्रकाशित गरेको छ ।

संस्थानले स्नातकोत्तर तहको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषयको चौथो सेमेस्टरको बोर्ड परीक्षा सकिएकै दिन अर्थात् आइतबार नतिजा प्रकाशित गरेको हो ।

यसअघि यही संस्थानले छिटो परीक्षा गरेर त्रिवि अन्तर्गत रेकर्ड राखेको थियो । 

सीएसआईटी कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग (सीडीसीएसआईटी) अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम हो ।

 

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १६:३७