close

अब लुम्बिनी विकास बैंकको एटीएमबाट पनि कनेक्ट आईपीएस एपमार्फत रकम निकाल्न सकिने

टेकपाना टेकपाना

बैशाख १६, २०८२ १३:२३

अब लुम्बिनी विकास बैंकको एटीएमबाट पनि कनेक्ट आईपीएस एपमार्फत रकम निकाल्न सकिने

काठमाडौँ । अब कनेक्ट आईपीएस प्रयोग गरेर लुम्बिनी विकास बैंकको एटीएमबाट अन्य कुनै पनि बैंकको खाताबाट रकम झिक्न सकिने भएको छ । यसअघि प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएमबाट मात्रै कनेक्ट आईपीएसको ‘कार्डलेस विथड्रल’ फिचर प्रयोग गरेर रकम निकाल्न सकिन्थ्यो । कनेक्ट आईपीएसको कार्डलेस विथड्रल फिचर प्रयोग गरेर पैसा निकाल्दा प्रति कारोबार १५ रुपैयाँ शुल्क लाग्नेछ ।  

प्रयोगकर्ताले कनेक्ट आईपीएसमा लिङ्क गरेको आफ्नै बैंक खाताबाट मात्र रकम निकाल्न सक्ने बताइएको छ । यसरी प्रयोग गर्नुहोस् कनेक्ट आईपीएसको कार्डलेस विथड्रल फिचर:

  • मोबाइलमा कनेक्ट आईपीएस एप खोल्नुहोस् ।

  • होमस्क्रिनको दायाँतर्फ रहेको ‘Cardless Withdrawal’ मा ट्याप गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिङ्क भएको बैंक खाताको विवरण देखिन्छ । 

  • त्यहाँ ‘Amount’ लेखिएको बक्समा आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् र ‘Withdraw’ मा क्लिक गर्नुहोस् । 

  • त्यसपछि देखिएको विवरण ठीक भए/नभएको जाँच गरेर ‘Confirm’ मा ट्याप गर्नुहोस् । 

  • त्यसपछि तपाईंको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ । 

  • एटीएममा गई प्रक्रिया पूरा गरेपछि सो ओटीपी कोड प्रयोग गरेर रकम झिक्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १४:१३