close

अब गुगलको एआई जेमिनाईमै आफ्ना फोटो समेत एडिट गर्न मिल्ने

टेकपाना टेकपाना

बैशाख १८, २०८२ १४:१५

अब गुगलको एआई जेमिनाईमै आफ्ना फोटो समेत एडिट गर्न मिल्ने

काठमाडौँ । गुगलले आफ्नो एआई एप जेमिनाईमा फोटो एडिटिङ टुल राख्ने भएको छ । गत वर्षदेखि परीक्षणमा रहेको यो टुल अब भने प्रयोगकर्ताले प्रयोग गर्न पाउने भएको हुन् । 

यो टुलमार्फत् प्रयोगकर्ताले जेमिनाईमा उसैले तयार पारेको तस्विर वा आफ्नै फोटो अपलोड गरेर एडिट गर्न सक्नेछन् । फोटोको ब्याकग्राउन्ड परिवर्तन गर्नेदेखि लिएर, कुनै वस्तु हटाउने, अरू शेप वा इमेजहरू थप गर्ने लगायतका काम गर्न सकिनेछ ।

यसको साथै फोटोको स्टाइल पनि परिवर्तन गर्न सकिनेछ । जस्तै तपाईँले कुनै बगैँचामा बसेर फोटो खिच्नु भएको छ भने त्यो फोटोबाट बगैँचा हटाएर कुनै सडकको ब्याकग्राउन्ड राख्न सक्नुहुन्छ । साथै तपाईँले चस्मा लगाउनु भएको छैन भने चस्मा पनि जोड्न सक्नुहुन्छ । कम्पनीले यो टुल विस्तारै सबै प्रयोगकर्ता माझ पुग्ने बताएको छ । 

 यसरी तयार गरिएका तस्विरमा नदेखिनेगरी वाटरमार्क भने हुने बताइएको छ । अर्कातिर गुगलले जेमिनाईबाट एडिट गरिएको फोटो भन्ने थाहा होस् भनेर सबै फोटोमा देखिनेगरी वाटरमार्क राख्ने तयारी पनि गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १४:१५