close

'एक स्थानीय तह, एक स्मार्ट हुलाक' बनाउने सरकारको घोषणा

टेकपाना टेकपाना

बैशाख १९, २०८२ १६:३५

'एक स्थानीय तह, एक स्मार्ट हुलाक' बनाउने सरकारको घोषणा

काठमाडौँ । सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’ योजना अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’​ नीति लिएको बताएका हुन् ।

हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्य क्षेत्र बढाउने काम सरकारले गर्ने उनले बताएका छन् । राष्ट्रपति पौडेलले भने, “हुलाकको सेवा प्रवाहलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने काम गरिनेछ ।”

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:३५