काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई प्रदेश स्तरबाट नै व्यवसाय संवर्द्धनका लागि आवश्यक सहयोग गर्ने भएको छ ।
शुक्रबार संघीय सरकारको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने बताए ।
यस्तै प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय संवर्द्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्य श्रृङ्खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय संवर्द्धन केन्द्र स्थापना र सञ्चालन गरिने उनले उल्लेख गरे । “ई-कमर्समार्फत व्यापारको विकास गरिनेछ । बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्तन प्रवर्द्धन गरिनेछ,” उनले भने ।