काठमाडौँ । देशकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराज नेपालले, '५.५ बेस्ट प्राइस, बेस्ट डिल' अफर घोषणा गरेको छ । उही उत्पादन नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा दराजभन्दा सस्तो मूल्यमा फेला पारेमा कम्पनीले ग्राहकलाई मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने घोषणा गरेको हो ।
यद्यपि यसमा केही सर्तहरू भने लागु हुने उल्लेख छ । अफर अन्तर्गत ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अफर आज सोमबारदेखि २६ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
यो अवधिभर ग्राहकहरूले सेटाफिल, ब्रान्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । तर यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने कम्पनीले जनाएको छ ।
साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यस्तै ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँ खर्च गरी केही सीमित विक्रेताहरूबाट उपलब्ध गराइएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर सङ्कलन गर्न सकिनेछ ।