काठमाडौँ । गण्डकी प्रदेश सरकारले नागरिकको गुनासो तत्काल सम्बोधन गर्न हटलाइन सेवा तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ ।
आइतबार प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत प्रदेश सरकारले नागरिकमैत्री शासनको अनुभूति दिलाउन भन्दै यस किसिमको कार्यक्रम अघि सारेको हो ।
प्रदेशको आर्थिक मामिला मन्त्री टकराज गुरुङले ‘समुन्नत प्रदेशः प्रभावकारी सार्वजनिक सेवा भन्ने नाराका साथ सार्वजनिक सेवा प्रवाहलाई छरितो, चुस्त र नतिजामुखी बनाइने बताए ।