काठमाडौँ । आज (मंगलबार) राति नेपाल टेलिकमको सेवा एक घण्टासम्म अवरुद्ध हुनसक्ने भएको छ ।
एक सूचना जारी गर्दै कम्पनीले ग्राहक सेवा प्रणालीको नियमित मर्मतका लागि राति ११:४५ बजेदेखि करिब १ घण्टासम्म केही सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो ।
यस अवधिमा रिचार्ज, ब्यालेन्स क्वेरी र प्याकेज सब्सक्रिप्सन जस्ता सेवा बन्द हुनसक्ने टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार मर्मत अवधिभर भ्वाइस, एसएमएस, डेटा र आईपीटीभी सेवा भने सामान्य रूपमा सञ्चालन हुनेछ ।