close

नेपाल मोबिलिटी एक्स्पोमा चार नयाँ मोडेल सार्वजनिक गर्दै सेग्वे

टेकपाना टेकपाना

साउन २०, २०८२ १४:४१

नेपाल मोबिलिटी एक्स्पोमा चार नयाँ मोडेल सार्वजनिक गर्दै सेग्वे

काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सेग्वेको चार नयाँ मोडेल सार्वजनिक हुने भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सेग्वे - नाइनबोटको नेपालका लागि आधिकारिक वितरक कम्पनी आईहब प्रा.लिले यस विषयमा जानकारी दिएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यस एक्स्पोमा सेग्वेका दुई ई–स्कूटर ‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’, एक ई–बाइक ‘जाइबर’ र एक ई–साइकल ‘जाफारी’ सार्वजनिक हुनेछन् । यी मोडेलहरू शहरी सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

‘सेग्वे ई१५० एमके२’ मा सात हजार ५०० वाटको मोटर र दुईवटा १९ सय ४४ वाटको ब्याट्री रहेको

छ, जसले अधिकतम ९० कि.मी प्रति घण्टा गति लिन सक्ने कम्पनीले बताएको छ । यो स्कुटरले ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । यस्तै ‘ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाटको ब्याट्री छ जसले ६० देखि १०० कि.मी. सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

‘सेग्वे जाइबर ई–बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट लिथियम ब्याट्री प्रयोग गरिएको छ जसले ७७ किलोमिटरको रेन्ज दिने बताइएको छ । साथै जाफारी ई–साइकलमा ७५० वाट मोटरको मोटर र ९३६ वाटको ब्याट्री छ जसले ५८ किलोमिटरको रेन्ज दिने कम्पनी बताउँछ ।

यी मोडेलहरूको बजार मूल्य र उपलब्धताको विषयमा भने एक्स्पोमा नै जानकारी दिइने कम्पनीले बताएको छ । 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १४:४१