close

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा पोखराबाट सर्मिला वाइबा पक्राउ

टेकपाना टेकपाना

साउन २०, २०८२ १७:५४

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा पोखराबाट सर्मिला वाइबा पक्राउ

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने सर्मिला वाइबा पक्राउ परेकी छिन् । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा वाइबा मङ्गलबार पोखरा लेकसाइटबाट पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले साइबर ब्युरोको अनुरोधपछि बस्‍नेतलाई पक्राउ गरेको पुष्टि गरे । “विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा वाइबालाई हामीले आजै लेकसाइडबाट पक्राउ गरेका हौँ,” डीएसपी बस्‍नेतले भने, “उनलाई काठमाडौँ लगिसकेको छ ।”

साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले उजुरी दिएपछि वाइबालाई पक्राउ गरिएको हो ।  

 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १७:५४