close

देशका सबै सङ्घीय अस्पतालमा अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने, स्वास्थ्य मन्त्रालयले गर्‍यो पत्राचार

टेकपाना टेकपाना

साउन २१, २०८२ १८:३३

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । अब देशका सबै सङ्घीय अस्पतालमा डिजिटल माध्यमबाटै भुक्तानी गर्न सकिने भएको छ । सङ्घीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्य मन्त्रालयको योजनाअनुसार डिजिटल भुक्तानी सुरु हुन लागेको हो ।

मन्त्रालयले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत लिने व्यवस्था मिलाउन भनेको छ । मन्त्रालयले अस्पतालहरूमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेको थियो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल आफैँले पनि नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

यसअन्तर्गत डिजिटल भुक्तानीलाई समेत अघि बढाउने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार अस्पतालहरूले मन्त्रालय समक्ष जनाएको नौ बुँदे प्रतिबद्धताअनुसार नै भीड व्यवस्थापन गर्ने गरी अनुगमनमा कडाइ हुनेछ ।

 

पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १८:३३