close

देशभरका सिद्धार्थ होटलमा डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी छुट पाउन सकिने

टेकपाना टेकपाना

साउन २३, २०८२ ११:३७

देशभरका सिद्धार्थ होटलमा डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी छुट पाउन सकिने

काठमाडौँ । ​डिशहोम र सिद्धार्थ हस्पिटालिटीबिच ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी एक सम्झौता भएको छ । यो सम्झौतासँगै डिशहोमका सक्रिय ग्राहकले माई डिशहोम एपमा रहेको भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभरका सिद्धार्थ होटल, रिसोर्ट तथा रेस्टुरेन्टहरूमा छुट पाउने भएका छन् ।

सम्झौता अनुसार डिशहोम ग्राहकले सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका होटल तथा रिसोर्टहरूमा आवास (बस्न) शुल्कमा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशतको छुट प्राप्त गर्नेछन् । यो सुविधा लिनका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको 'माई डिशहोम' एपमार्फत भर्चुअल प्रिभिलेज कार्ड देखाउनु पर्नेछ ।

यो सुविधा डिशहोमका सक्रिय ग्राहकका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले एपबाटै छुट पाइने सबै सहभागी आउटलेटहरूको सूची हेर्न र नजिकको स्थान पत्ता लगाउन सक्नेछन् । यो सहकार्यले डिशहोमका लाखौं ग्राहकलाई देशभर यात्रा गर्दा र खानपानमा थप सुविधा पुग्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।

​​छुट पाइने स्थानहरू: 

क्र.सं

होटल/रेस्टुरेन्टको नाम र स्थान 

क्र.सं

होटल/रेस्टुरेन्टको नाम र स्थान 

१ 

सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर 

१३ 

सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली, चितवन 

२ 

सिद्धार्थ होटल, टिकापुर, कैलाली 

१४ 

सिद्धार्थ होटल, दमौली 

३ 

सिद्धार्थ होटल, नेपालगञ्ज 

१५ 

सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार, चितवन 

४ 

सिद्धार्थ कटेज  एण्ड होटल, बुटवल 

१६ 

सिद्धार्थ कटेज  रेस्टुरेन्ट, नेपालगञ्ज 

५ 

सिद्धार्थ होटल वाटर टावर, नुवाकोट 

१७ 

सिद्धार्थ कटेज  रेस्टुरेन्ट, धोबीघाट 

६ 

सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड 

१८ 

सिद्धार्थ कटेज  रेस्टुरेन्ट, पुरानो बानेश्वर 

७ 

सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौँ

१९ 

सिद्धार्थ कटेज  रेस्टुरेन्ट, तिनकुने

८ 

सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत 

 

 

९ 

सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली 

२१ 

सिद्धार्थ कटेज  योगिकुटी, बुटवल 

१० 

सिद्धार्थ होटल, नारायणगढ 

२२ 

सिद्धार्थ कटेज, धनगढी 

११ 

सिद्धार्थ विलासा, भैरहवा 

२३ 

होटल सिद्धार्थ, सुन्धारा 

१२ 

सिद्धार्थ विलासा बनवास, सौराहा, चितवन 

 

 

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १८:३८