close

गुगल क्लाउडको आधिकारिक पार्टनर बन्यो नेपालको टेली डिजिटल, स्थानीय व्यवसायलाई सजिलो हुने

टेकपाना टेकपाना

भदौ ८, २०८२ ११:५०

गुगल क्लाउडको आधिकारिक पार्टनर बन्यो नेपालको टेली डिजिटल, स्थानीय व्यवसायलाई सजिलो हुने

काठमाडौँ । रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेस गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर बनेको छ । कम्पनीले आफू गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रममा पार्टनर स्तरको ‘गुगल वर्कस्पेस सेल पार्टनर’ को रूपमा सामेल भएको घोषणा गरेको हो । 

सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको यो कम्पनीले गुगल वर्कस्पेस लाइसेन्समा सहज पहुँच दिलाउँदै आएको छ । जसबाट भुक्तानीका लागि स्थानीय विकल्प उपलब्ध गराउने, तत्काल लाइसेन्स डेलिभरी र सम्पूर्ण सपोर्टसहित एउटै स्थानबाट सबै सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सहकार्यको सुरुवातदेखि हालसम्म कम्पनीले ५० भन्दा बढी व्यवसायलाई सेवा दिँदै आएको छ । टेली डिजिटलले परम्परागत सी-प्यानलमा आधारित ईमेल प्रणालीको साटो जिमेलमा आधारित सोलुसन दिने गर्छ । यसरी एकीकृत सहकार्यका लागि आवश्यक सबै टुल्स उपलब्ध गराएर व्यवसायलाई अझ सहज, सक्षम र प्रतिस्पर्धी बनाउँदै आएका कम्पनीको भनाई छ । 

कम्पनीले गुगल वर्कस्पेस सेवामा तत्काल लाइसेन्स डेलिभरी, तुरुन्तै अनबोर्डिङ र लाइसेन्स एक्टिभेसन हुने र अब ७/१० दिन पर्खनु नपर्ने  जनाएको छ ।  त्यस्तै जिमेल इन्फ्रास्ट्रक्चरमा आधारित (@yourcompany.com) प्रोफेसनल ईमेल एड्रेस, एउटै सब्स्क्रिप्सनमा गुगल डकुमेन्ट्स, शिट्स, ड्राइभ र मिटसहितको एकीकृत कोल्याब टुल्स पनि पाउन सकिनेछ । 

टेली डिजिटल सर्भिसेसका सिईओ नवाँकुर सुदले यो साझेदारीले विश्वस्तरीय डिजिटल प्लेटफर्मलाई स्थानीय व्यवसायिक आवश्यकतासँग जोड्ने बताए । “धेरै कम्पनीहरू अव्यवस्थित सी-प्यानल सोलुसनसँग जुधिरहँदा, हामीले उनीहरूलाई तुरुन्तै गुगल क्लाउडको एकीकृत इकोसिस्टममा पहुँच दिलाएका छौँ, जसले व्यवसायहरूलाई प्राविधिक जटिलताभन्दा आफ्नै विकास र विस्तारमा ध्यान दिन सक्ने बनाउँछ,” उनले भने । गुगल वर्कस्पेस सोलुसनका लागि व्यवसायले तत्काल टेली डिजिटल सर्भिसेसलाई सम्पर्क गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ ११:५०