close

आन्दोलनमा गएको जेन जी पुस्तालाई प्रम ओलीको सन्देशः हामी सामाजिक सञ्जाल विरोधी होइनौँ, नभड्किनु

टेकपाना टेकपाना

भदौ २३, २०८२ १०:३९

आन्दोलनमा गएको जेन जी पुस्तालाई प्रम ओलीको सन्देशः हामी सामाजिक सञ्जाल विरोधी होइनौँ, नभड्किनु

काठमाडौँ । राजधानी सहित देशका विभिन्न स्थानमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्ट्राचार विरोधी नयाँ जेन जी पुस्ताको प्रदर्शन सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडिओ सन्देश जारी गरेका छन् । उनले आफूहरू सामाजिक सञ्जाल विरोधी नभएको र जेन जी पुस्ता कसैको भड्काउमा लाग्न नहुने बताएका छन् ।

"आम रूपमा जेन जी पुस्ताले बुझ्छ । देशलाई माया गर्छ । देशको कानुनलाई माया गर्छ । कानुनी राजको कुरालाई जेन जी पुस्ताले माया गर्छ । अवश्य गर्छ," उनले केही समय अघि आफ्नो भाइबर च्यानलमा राखेको भिडिओमा भनेका छन् ।

"त्यस कारण जेन जी पुस्तालाई जसले भड्काउन खोजेका छन्, त्यो बेक्कारको कुरा हो । हामी यस्ता डिजिटल प्लेटफर्महरू, सामाजिक सञ्जालका विरोधी होइनौँ । तर बेथितिका विरोधी हौँ । हेपाहा प्रवृत्तिका विरोधी हौँ । हेप्न खोज्ने क्रियाकलापका विरोधी हौँ र राष्ट्रिय स्वाभिमानका पक्षधर हौँ ।"

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १०:३९